Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु

कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु


  • 2.2K
    Shares

    • images
    कारले मोटरसाइकललाई ठक्कर  दिँदा  बाबु छोरीको मृत्यु

    काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम लोकमार्गमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ । दुर्घटनामा गरुडा नगरपालिका ३ मलाहिटोल बस्ने वर्ष ६० का बलिराम सहनी र उनकी छोरी ४० वर्षीय उर्मिला देवी सहनीको मृत्यु भएको हो । 

    मृतक सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको  थियो । उनीहहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  हेटौँडा बाट चन्द्रपुरतर्फ आउँदै गरेको कारले निजगढतर्फ जाँदै गरेको मोटरसाइकललाई आज बिहान सवा ६ बजे ठक्कर दिएको थियो।

    ठक्करबाट घाइते भएका मोटरसाइकल चालक सहनीको दाहिने खुट्टा, ढाड र अण्डकोषमा गम्भीर चोट लागेको थियो ।   सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए ।

    मोटरसाइकलमा सवार उर्मिलादेवीको भने दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो। उनलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारा पठाइएको थियो । उनको पनि उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको प्रवक्ता रायले जानकारी दिएका छन्।

    ठक्कर दिने कार र चालक हेटौँडा उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय कुमार पोख्रेललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - १०:५३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij