Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गोरखाको घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट सडक कालोपत्र

गोरखाको घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट सडक कालोपत्र


  • 2.8K
    Shares

    • images
    गोरखाको घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट सडक कालोपत्र

    गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिकादेखि बारपाक, सुलीकोट गाउँपालिकासम्म पुग्ने घ्याम्पेसाल–पाँचखुवा–देउराली–ताकुकोट सडकखण्ड कालोपत्र सुरु भएको छ । भिमसेन थापा गाउँपालिकाको सिमानदेखि बारपाक, सुलीकोट गाउँपालिकाको कार्यालयसम्म पुग्ने झण्डै ८.३६ किलोमिटर सडक धेरै लामो समयपछि कालोपत्रे सुरु भएको हो ।  

     घ्याम्पेसालबाट ताकुकोटसम्मको सडकखण्ड ट्रयाक खोलेको २८ वर्षपछि गण्डकी प्रदेश सरकारले कालोपत्र गरेको हो । दुई लेनको उक्त सडकको चौडाइ सात मिटर छ ।

    एमएस, बिरुवा, वाइबा एण्ड लामा जेभी कम्पनीले २९ करोड ७७ लाख लागतमा सो सडक कालोपत्र गरेको पूर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर कपिल काप्रीले जानकारी दिए । २०८१ साल चैत मसान्तभित्र काम सक्ने गरी २०७७ साउन १५ गते ठेक्का सम्झौता भएको थियो ।

    ‘ठेक्का सम्झौता भएपछि कोभिड–१९ का कारण केही ढिलाइ भएको थियो’,  इन्जिनियर काप्रीले भने, ‘सडक कालोपत्रसँगै एक मिटर चौडाइको नाली निर्माण र विभिन्न ठाउँमा ग्याविन तथा मेसिनरी पर्खाल निर्माणको काम सम्पन्न भइसकेको छ । सडक कालोपत्र भएपछि स्थानीय उत्साहित भएका बारपाक सुलिकोट गाउँपालिका–७ का अध्यक्ष कृष्ण गुरुङले बताए । हाल सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ ।

    ‘यो ट्रयाक २०५४ सालतिरै खुलेको हो । तर हालसम्म पनि कालोपत्र हुन सकेको थिएन’, उनले भने, ‘सधैँ कच्ची सडकमै यात्रा गर्नुपर्ने चिन्ता थियो ।’सडक कालोपत्र नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

    बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र समेत जोड्ने उक्त सडकखण्ड कालोपत्रको काम सम्पन्न भएपछि पालिकावासीलाई जिल्ला सदरमुकामसम्म आवतजावत गर्न सहज हुनेछ ।

    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - ०६:१५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij