Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित

अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित


  • 778
    Shares

    अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
    images

    काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीज दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । लामो समयदेखि जनमत सर्वेक्षणमा पछि परे पनि लेबर पार्टीका लागि एक चमत्कारपूर्ण पुनरागमन गरेका हुन् ।

    देशमा बढ्दो महँगीको संकटले मतदाता नराम्ररी प्रभावित भइरहेका बेला उनले दोस्रो कार्यकालका लागि जित निकाले । देशको सार्वजनिक प्रशारक अस्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसन (एबीसी) ले शनिबार अन्तिम मतदान केन्द्रहरू बन्द भएको आधा घण्टापछि नै एल्बानेजको जीत घोषणा गरेको छ ।

    यो पिटर डटन नेतृत्वको विपक्षी दलको लागि स्पष्ट पराजय भएका छन् । उनी वर्तमान अवस्थाप्रतिको असन्तुष्टिको लहरलाई सदुपयोग गर्दै चुनावमा उत्रिए पनि प्रचारका क्रममा भएका अनेकौं गल्तीहरू र राष्ट्रपति ट्रम्पको सन्देश तथा नीतिसँग जोडिएको छविका कारण कमजोर देखिए ।

    एबीसीले डटनले सन् २००१ देखि जित्दै आएको क्विन्सल्याण्डको किल्लामा रहेको आफ्नो सिट समेत गुमाउने सम्भावना रहेको प्रक्षेपण गरेको छ ।

    प्रकाशित मिति :बैशाख २० २०८२ शनिवार - १६:४९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij