Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपडेट

सांसद माया राईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सांसद माया राईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति


  • 1.8K
    Shares

    • images
    सांसद माया राईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं ।  स्वर्णलक्ष्मी सहकारीको बचत ठगी प्रकरणमा पक्राउ परेकी सांसद माया राईमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ।

    शुक्रबार जिल्ला अदालत काठमाडौंले सांसद राईमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद प्रदान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

    यसअघि उनलाई जिल्ला अदालतले तीन दिनको म्याद दिएको थियो। उक्त म्याद सकेर प्रहरीले शुक्रबार उनलाई अदालतमा उपस्थित गराएको थियो। 

    नेपाली कांग्रेसकी समानुपातिक सांसद राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैशाख १३ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। उनीमाथि संगठित अपराध एवं सहकारी ठगीमा पूरक अनुसन्धान अघि बढेको हो।

    परिसरका अनुसन्धान अधिकृत डिएसपी हरि खतिवडाले वैशाख १४ गते सभामुख देवराज घिमिरेलाई पत्र पठाएर सांसद राई पक्राउ परी सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको जानकारी दिएका थिए। 

    भोजपुरकी राई समानुपातिक सांसद हुन्। कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा राई सहसचिव थिइन्। उनी उक्त सहकारीमा २०७४ मंसिर ४ गतेदेखि २०७६ भदौ २१ गतेसम्म सहसचिव थिइन्।

    गत पुस २९ गते सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

    राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको उक्त मुद्दामा सरकारी वकिलले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरेको थियो।

    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - १६:२६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij