Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

महिमानसिंहलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

महिमानसिंहलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


  • 2.1K
    Shares

    महिमानसिंहलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    जिल्ला अदालत काठमाडौंले शुक्रवार चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं प्रहरीलाई अनुमति दिएको हो ।नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि उनी पक्राउ गरेका थिए ।

    उनीविरुद्ध लिखत किर्ते कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले  बताए । प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ ९३० को ‘क’ र ‘ख’ सँग सम्बन्धित कसुरमा अनुसन्धान गरिरहेको छ ।

    मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ ९३० को ‘क’ र ‘ख’ अनुसार अदालतको फैसला र आदेश किर्ते गर्न मिल्दैन । सो कसुर गर्नेलाई ८ वर्ष कैद र ८० हजार जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।

    images
    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - १५:५५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij