२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेसहित सात दल सम्मिलित शक्तिशाली सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सरकारको नीति तथा कार्यक्रम ५६ पेज लामो छ भने १५५ बुँदामा समेटिएको छ । सरकारको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति पौडेलले परिवर्तन र उपलब्धिप्रति जनतालाई गौरवबोध गराउन, सरकारप्रति जनताको विश्वास जगाउँदै मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ रहेको उल्लेख गरे ।
सरकारले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नेछ । ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’को मान्यताअनुरूप सार्वभौमिक समानताका आधारमा सबै राष्ट्रसँग सम्बन्ध विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij