Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

श्वेतपत्र

एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराएर युवाको भविष्य चट् बनाउन मिल्दैन : प्रधानमन्त्री

एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराएर युवाको भविष्य चट् बनाउन मिल्दैन : प्रधानमन्त्री


  • 1.8K
    Shares

    • images
    एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराएर युवाको भविष्य चट् बनाउन मिल्दैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गएको एसइईको परीक्षामा चित्तबुझ्दो नतिजा नआएको भन्दै असन्तुष्टि जनाएका छन्।

    राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल गराएर देशका युवाहरूको भविष्य कक्षा १० मै चट् बनाएको आरोप लगाए।

    उनले यद्यपि, यसवर्षको एसइई परीक्षाको नतिजामा सुधार आउने अपेक्षा राखे। उनले आन्दोलनको क्रममा काठमाडौं आएका एक जना शिक्षकले आफूलाई गरेको गालीको भिडिओ हेरेको प्रसङ्गलाई यसरी सुनाए।

    त्यसबारे उनको भनाइ जस्ताको तस्तै
    हिजो एक जना शिक्षकले मलाई गाली गर्दै गरेको सुनेँ, किन गाली गरेको मैले बुझेको छैन। उहाँसँग न मेरो भेट भएको छ, उहाँले देख्या पनि छैन होला। तर गाली किन गर्‍या, कसले सिकायो कसले पढायो थाहा छैन। फेसबुक मात्रै हेर्नुहुन्छ कि के हो? उहाँ भनिराख्नुभएको थियो, ४८ प्रतिशत विद्यार्थी एसइईमा पास हुनु भनेको काफी हो, धेरै हो।

    ५२ प्रतिशत फेल हुने कुरालाई उहाँले इजिली लिनुभएको छ। ५२ प्रतिशत हाम्रो योङ जेनेरेसनका होनहार प्रतिभावहरू, तिनीहरूको भविष्य एसइईमै, कक्षा १० मै चट् बनाइदिएको कुरालाई उहाँले मजाकको कुरा बनाउनुभएको छ। मलाई अचम्म लाग्यो उहाँको मेन्टालिटी नै त्यो छ।

    ५२ प्रतिशत विद्यार्थी फेल हुँदा उहाँलाई आफूले गरेको कामप्रति अझै हामीहरूले ध्यान दिनुपर्छ होइन, म पढाउदिनँ तर मलाई दुख लाग्छ, नेपाली विद्यार्थीहरू यति धेरै ट्यालेन्ट छन्, उनीहरू दुर्गमबाट कसरी पढेका छन्, सबै विषयमा मान्छेको एउटै प्रतिभा हुँदैन, विषयगत प्रतिभा पनि हुन्छन्।

    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - १३:३३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij