Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

रेशम पक्राउ गर्न पत्र लेख्ने महिमानसिंहलाई ३ कसुरमा म्याद थप गर्ने तयारी

रेशम पक्राउ गर्न पत्र लेख्ने महिमानसिंहलाई ३ कसुरमा म्याद थप गर्ने तयारी


  • 2.6K
    Shares

    • images
    रेशम पक्राउ गर्न पत्र लेख्ने महिमानसिंहलाई ३ कसुरमा म्याद थप गर्ने तयारी

    काठमाडौं ।  सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई तीन वटा कसुरमा म्याद थप गर्ने तयारी गरेको छ ।

    रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टविरुद्ध तीन वटा कसुरमा म्याद माग्ने तयारी प्रहरीले अघि बढाएको जानकारी भएको छ । 

    प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा म्याद माग्नुपर्ने भन्दै वकिल कार्यालयमा कागजात पेश गर्ने तयारी भएको छ । 

    मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । राष्ट्रसेवकलाई कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिएमा यस्तो कसुर गरेमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था रहेको छ ।

     

    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - १३:०५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij