Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

वैदेशिक रोजगार

एनआरएनए उच्चस्तरीय समितिद्वारा २६४३ जना प्रतिनिधिको सूची सार्वजनिक (नामावलीसहित)

एनआरएनए उच्चस्तरीय समितिद्वारा २६४३ जना प्रतिनिधिको सूची सार्वजनिक (नामावलीसहित)


  • 1.2K
    Shares

    • images
    एनआरएनए उच्चस्तरीय समितिद्वारा २६४३ जना प्रतिनिधिको सूची सार्वजनिक (नामावलीसहित)

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि मतदाता (डेलिगेट्स)को प्रथम नामावली सार्वजनिक गरिएको छ। उच्चस्तरीय समितिले बिहीबार गरेको निर्णय अनुसार निर्वाचन समितिले लगत्तै २ हजार ६४३ जना डेलिगेट्सको सूची सार्वजनिक गरेको हो ।

    यसअघि समितिले वैशाख १५ गते निर्वाचन प्रयोजनका लागि अनलाइन फारम भरेर आवश्यक कागजातहरू पेश गरेका ६२५ जना डेलिगेट्सको नाम सार्वजनिक गरेको थियो ।

    निर्वाचन समितिका अनुसार जम्मा २ हजार ६४३ जना डेलिगेट्स मध्ये हालसम्म ६२५ जनाले मात्र तोकिएको कागजात बुझाइसकेका छन्। बाँकी रहेका डेलिगेट्सलाई शुक्रबार साँझ आवश्यक प्रमाण र दस्तुर सहित निर्वाचन समितिमा सम्पर्क गर्न समय दिइएको उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले जानकारी दिए ।

    तोकिएको समयमा निवेदन दिने व्यक्तिहरूको कागजात र दस्तुर निर्वाचन समितिले आवश्यक छानबिन गरी योग्य ठहरिएका डेलिगेट्सको नाम अन्तिम मतदाता नामावलीमा समावेश गर्ने निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

    उनका अनुसार २ हजार ६४३ जना डेलिगेट्सको नाम समावेश गरिएको सूची निर्वाचन समितिको वेबसाइट  र गैरीधारा स्थित निर्वाचन समितिको कार्यालयको सूचनापाटीमा  हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

    घिमिरेका अनुसार  डेलिगेट्सबारे कुनै दावी वा विरोध भएमा निर्वाचन समितिको इमेल  वा काठमाडौं गैरीधारास्थित निर्वाचन समितिको कार्यालयमा निवेदन दिन सकिने छ।

    समितिका सदस्य कुँवरले २०१८ जना डेलिगेट्सको हालसम्म डकुमेन्ट पूरा नभएकाले शुक्रबार साँझ ७ बजेभित्र तोकिएको डकुमेन्ट बुझाउनु पर्नेछ । अन्यथा आवश्यक डकुमेन्ट बुझाउन नसक्नेले महाधिवेशन भाग लिन नपाउने उनको भनाइ छ ।

    ‘६२५ जनाको हकमा कुनै समस्या छैन । त्यसमा दाबी विराध भने गर्न सकिन्छ’, उनले भने, ‘बाँकी २०१८ जनाको हकमा शुक्रबार बेलुका ७ बजेसम्म आफ्ना अपूरा डकुमेन्ट यसअघि पेस गरेको पाइएकाले गैरआवासीय ऐनअनुसार एनआरएनए भएको पुष्टि हुने डकुमेन्ट दिनुपर्ने हुन्छ ।  त्यतिबेलासम्म प्रमाणित भएकालाई मात्रै निर्वाचन प्रक्रियामा समावेश गराइन्छ ।’ यस्तै तोकिएको १०० डलर समेत बुझाउनु पर्ने उनको भनाइ छ ।

    सर्वोच्चको एक वर्षअघिको परमादेशअनुसार शेष घले नेतृत्वको उच्चस्तरीय समितिले एकताको महाधिवेशन गराउन लागेको हो। एकताको महाधिवेशन वैशाख २० देखि २२ सम्म हुँदैछ । सोही महाधिवेशनबारे विवाद पनि रहेकाले अदालतमा मुद्दा समेत रहेको छ।  

    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - ११:०७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij