Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार, घट्नामा संलग्नलाई पक्राउ

मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार, घट्नामा संलग्नलाई पक्राउ


  • 4.5K
    Shares

    • images
    मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार, घट्नामा संलग्नलाई  पक्राउ

    काठमाडौं । सिरहामा मोटरसाइकलले छोएको निहुँमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । सिरहाको लहान नगरपालिका ३ दंग्राहा टोलका २७ वर्षीय देवकुमार महतोमाथि खुकुरी प्रहार भएको हो ।

    कुटपिट तथा खुकुरी प्रहारबाट घाइते भएका देवकुमारको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए । उनको टाउको, घाँटी र ढाडमा चोट लागेको छ । अवस्था भने सामान्य रहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न ६२ वर्षीय जिवछ महतोसहित उनका परिवारका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने एकजना भने फरार छन् ।

    जिवछसँगै उनकी श्रीमती ६० वर्षीया सीतादेवी महतो र छोरा २१ वर्षीय मनिष महतोलाई प्रहरीले पक्राउ गरेको हो । खुकुरी प्रहार गर्ने जिवछका १९ वर्षीय छोरा मुकेश महतो भने फरार रहेको डिएसपी पासवानले जानकारी दिए ।

    प्रहरीका अनुसार जिवछका छोरा मनिषले चलाइरहेको मोटरसाइकलले स्थानीय नथुनी महतोका छोरा देवकुमारलाई छोएपछि विवाद भएको थियो । त्यसपछि जिवछ महतोका परिवारका सदस्यहरु मिलेर देवकुमारलाई कुटपिट गरेका थिए । यो घटना बुधबारको भए पनि ढिलोमात्र सार्वजनिक भएको हो । 

    पीडित पक्षबाट आक्रमण गर्ने विरुद्ध इलाका प्रहरी कार्यालय लहानमा ज्यान मार्ने उद्योगमा जाहेरी परेको थियो । त्यसपछि प्रहरीले घटनामा संलग्न जिवछसहित तीनजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखेको छ । फरार भएका मुकेशको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - १०:४८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij