Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

‘अनटेस्ट’ मोटरसाइकल छोएको निहुँमा देवकुमार महतोमाथि खुकुरी प्रहार, ३ जना पक्राउ

‘अनटेस्ट’ मोटरसाइकल छोएको निहुँमा देवकुमार महतोमाथि खुकुरी प्रहार, ३ जना पक्राउ


  • 2.8K
    Shares

    • images
    ‘अनटेस्ट’ मोटरसाइकल छोएको निहुँमा  देवकुमार महतोमाथि  खुकुरी प्रहार,  ३ जना पक्राउ

    काठमाडौं । सिराहामा आफ्नो ‘अनटेस्ट’ मोटरसाइकल छोएको निहुँमा खुकुरी प्रहारको घटना सार्वजनिक भएको छ । सिराहाको लहान नगरपालिका ३ दंग्राहा टोलमा ‘अनटेस्ट’ मोटरसाइकल छोएको विषयमा विवाद हुँदा खुकुरी प्रहारको भएको सिराहा प्रहरीले जानकारी दिएको छ ।

    उक्त ठाउँ बस्ने २७ वर्षीय देवकुमार महतोले आफ्नो नयाँ मोटरसाइकल छोएको भन्दै खुकुरी प्रहार गरिएको सिराहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले बताएका छन् ।  

    पासवानको अनुसार किन आफ्नो मोटरसाइकल छोएको भन्दै मोटरसाइकल धनी मनिष महतोसहितको घरपरिवारले सुरुमा वादविवाद गरे थालेपछि मनिषका श्रीमती, भाइ र आमासहितकाले देवलाई लछारपछार गर्दै निर्घात कुटपिट गरेका थिउ । यही बेला मोटरसाइकल धनी मनिषका भाइ मुकेश महतोले खुकुरी प्रहार गरे, जसबाट देव घाइते भएका छन् ।’

    प्रहरीका अनुसार देवकुमार घाइते भई हाल प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ। देवकुमार को टाउको, घाँटी र ढाडमा चोट लागेका सिराहा प्रहरीले जानकारी दिएको  छ । घटनापछि प्रहरीले मनिषसहित उनका बुवा दिवस महतो र आमा सिता देवीलाई पक्राउ गरिसकेको छ । खुकुरी प्रहार गर्ने मुकेश भने अहिलेसम्म फरार रहेको सिराहा प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - ०९:४५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij