Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ईसीडीका शिक्षक भन्छन् : प्रत्येकको १ डेढ लाख खर्च भयो, हात लाग्यो शून्य

ईसीडीका शिक्षक भन्छन् : प्रत्येकको १ डेढ लाख खर्च भयो, हात लाग्यो शून्य


  • 9.0K
    Shares

    • images
    ईसीडीका शिक्षक भन्छन् : प्रत्येकको १ डेढ लाख खर्च भयो, हात लाग्यो शून्य

    काठमाडौं । सरकार र शिक्षक महासंघको सहमतिमा बालविकास (ईसीडी) का शिक्षक कर्मचारीले पनि विरोध जनाएका छन् ।

    बुधबार महासंघले गरेको ९ बुँदे सहमतिमा बालविकासका शिक्षकको विषयमा स्पष्ट नभएको बालविकास शिक्षक संगठन तदर्थ समिति अध्यक्ष रेखा रानाभाटले बताइन् ।

    महासंघले धोका दिएको उनको आरोप छ । २९ दिन काठमाडौंमा आन्दोलन हुँदा प्रत्येकको १ डेढ लाख खर्च भएको तर उपलब्धि केही नभएको उनले गुनासो गरिन् ।

    ‘९ बुँदे सहमतिमा बालबिकासको केही पनि आएन । तोकिए बमोजिम हुने भनेर आयो । त्यो भनेको कति हो ? महासंघले स्पष्ट पार्नुपर्छ,’ उनले भनिन् ।

    महासंघले ३६ हजार बालविकासका शिक्षकको मन दुखाएको उनको भनाइ छ । ‘सहमतिपछि बालविकासका शिक्षकको मन दुखेको छ । छटपटी भएको छ । शिक्षकहरूले फोन गरेर के आयो भनेर सोध्नुहुन्छ,’ उनले भनिन्, ‘बालविकासलाई विद्यालयमा ल्याएको भए, शिक्षक बनाएको भए स्वतः अरु कुरा हुने थियो । हामीलाई विद्यालय मातहत ल्याउनुपर्ने हो, त्यो नै सहमतिमा आएन ।’

    बालविकासका शिक्षकले श्रम ऐन अनुसार पनि तलब नपाएको उनले गुनासो गरिन् ।

    ‘प्रावि तृतीय सरह हाम्रो सेवा सुविधा हुनुपर्ने हो । बालविकास शिक्षक पीडित छौं । महासंघले हाम्रो मागलाई एक नम्बरमा राखेर आन्दोलन गर्‍यो,’ उनले भनिन्, ‘तर मन्त्रालयमा गएर खाली सहमति गरेर आउनु भयो । महासंघले ठूलो गल्ती गर्‍यो । ३६ हजार बाल शिक्षकको मन मरेको छ ।’

    महासंघले ‘तोकिएको भनेको के हो ?’ भन्नेबारे प्रष्ट पार्नुपर्ने माग अध्यक्ष रानाभाटले गरिन् । ‘हिजो भएको सहमति के हो त्यो महासंघले प्रष्ट पार्नुपर्छ । यत्रो आन्दोलन गरेर हात लाग्यो शून्य भयो,’ उनले भनिन् ।

    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - २०:०६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij