Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

विदेशको सीप र पुँजी स्वदेशको विकासमा लगाउनुस् : देउवा

विदेशको सीप र पुँजी स्वदेशको विकासमा लगाउनुस् : देउवा


  • 1.5K
    Shares

    • images
    विदेशको सीप र पुँजी स्वदेशको विकासमा लगाउनुस् : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सीकेका ज्ञान, सीप, अनुभव र पुँजी प्रयोग गरेर स्वदेशको विकासमा योगदान गर्न आग्रह गरेका छन् ।

    नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘प्रवासमा नेपाली स् सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिका’ विषयक कार्यक्रममा सभापति देउवाले देशको विकासमा सबैको योगदान आवश्यक रहेको बताए । त्यसका लागि आवश्यक नीतिगत परिवर्तनका लागि आफू तयार रहेको उनको भनाइ छ ।

    ‘विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक सामाजिक विकास गराउन के कस्ता नीतिगत परिवर्तन गराउनुपर्नेछ, निर्धक्क भन्नुहोस्, राष्ट्रिय सहमति गराएर कार्यान्वयन गराउनेछौं,’ देउवाले भने ।

    उनले नेपालमा लोकतन्त्र बचाउन विदेशमा रहेका शिक्षित, अनुभवी, परिश्रमी नागरिकको आवश्यक रहेको भन्दै उनले पार्टीलाई निरन्तर सघाउन आग्रह गरे ।

    विश्वको जुनसुकै कुनामा रहे पनि नेपालीहरू प्रति सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने बताएका देउवाले विदेशमा रहेका नेपालीलाई सक्रिय बनाएर आइपरेका समस्या समाधान गर्न प्रयास गरिने विचार व्यक्त गरे ।

    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - १५:३४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij