Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

विद्यालय कर्मचारीहरूले विरोध जनाएको बेला राहत शिक्षकले गरे सहमतिको स्वागत

विद्यालय कर्मचारीहरूले विरोध जनाएको बेला राहत शिक्षकले गरे सहमतिको स्वागत


  • 4.0K
    Shares

    विद्यालय कर्मचारीहरूले  विरोध जनाएको बेला राहत शिक्षकले गरे सहमतिको स्वागत

    काठमाडौं । राहत शिक्षकहरूले सरकारसँग भएको ९ बुँदे सहमतिको स्वागत गरेको छ । बुधबार नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबिच ९ बुँदे सहमति भएको हो ।  

    उक्त सहमतिमा विद्यालय कर्मचारीहरूले विरोध जनाइरहेका बेला राहत शिक्षकहरूले सहमतिको स्वागत गरेका छन् । 

    नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष नविनसिंह धामीले महासङ्घ र सरकारबिच भएको सम्झौता तथा शिक्षा ऐन जारी गर्ने सन्दर्भमा भएका लिखित प्रतिबद्धतालाई स्वागत गर्ने बताएका छन् ।

    विद्यालय शिक्षा ऐनमा शिक्षकहरूको स्थायित्वको लागि २०८० असोज १२ गते भएका सम्झौता अनुसार प्रबन्ध गर्न लबिङको कामलाई अगाडि बढाउने समेत निर्णय भएको छ । 

    लबिङको कामलाइ आजैदेखि तीव्रता दिनुको साथै सबै राहत शिक्षकहरूलाई विद्यालय फर्कने निर्णय भएको अध्यक्ष धामीले बताएका छन् ।

     

    images
    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - १५:२९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij