Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना


  • 3.1K
    Shares

    • images
    नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन् । 

    केही दिनदेखि पेटको समस्या देखिएपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराई रहेकी थिइन् । बुधबार पनि जनमत पार्टीसँग एकता घोषणा कार्यक्रमको तयारी चलिरहँदा उनी अस्पतालमै थिइन् । 

    नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि मात्र उनी अस्पतालबाट आएकी थिइन् । हिजो स्वास्थ्यमा सुधार देखिएको थियो, राती अचानक फेरि पेट दुख्न थालेपछि उनी विहान अस्पताल भर्ना भएकी सो पार्टीका महासचिव गंगाराम चौधरीले बताए । 

    हिजो पार्टीको कामले दिनभर दौडधुप भयो, आराम गर्न पाएन अस्वस्थ्य भएपछि उनी भर्ना भएकी अध्यक्ष श्रेष्ठले बताइन् । 

    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - १५:०२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij