Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

विदेशबाट फर्केको एक सातामै परपुरुषको घरमा मृत भेटिइन् एक महिला

विदेशबाट फर्केको एक सातामै परपुरुषको घरमा मृत भेटिइन् एक महिला


  • 2.9K
    Shares

    विदेशबाट फर्केको एक सातामै परपुरुषको घरमा मृत भेटिइन् एक महिला

    काठमाडौं । रुपन्देहीको कञ्चन गाउँपालिकामा विदेशबाट फर्किएको एक सातामै एक महिला परपुरूषको घरमा मृत भेटिएकी छन् ।

    कुवेतबाट भर्खरै फर्केकी कञ्चन गाउँपालिका-४ थकालीचोक निवासी ४५ वर्षकी धनमाया विक स्थानीय वरपिपलचोक बस्ने ४७ वर्षीय विनोद विकको घरमा झुन्डिएको अवस्थामा हिजो फेला परेकी हुन् ।

    प्रहरीका अनुसार घरपछाडि रहेको फलामे भर्‍याङको चौथो खुड्किलोमा कपडाको पासो लगाएर झुन्डिएकी थिइन् धनमाया । एक खुट्टाले भुईँमा टेकेको र अर्को खुट्टा भुईँमा लत्रेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। विनोद र धनमायाको केही दिन अगाडि लेनदेनसम्बन्धी विवाद भएको थियो।

    धनमायाले आत्महत्या गरेको नभई हत्या गरी झुण्ड्याइएको आशंका स्थानीय र आफन्तले गरेका छन्। मृतकका भिनाजु झविलाल विकले धनमाया र विनोदबीच निकटता रहेकाले घटना शंकाष्पद भएको बताए । विनोद र धनमाया दुवै डिभोर्सी हुन् । पूर्वप्रहरी हवल्दार विनोद हाल एनआइसी बैंक रुद्रपुर शाखामा सुरक्षा गार्डको काम गर्छन् ।

    ‘उनीहरुबीच आउने जाने थियो, विदेश बस्दा नै नानीले बाइक किन्न पैसा पठाएकी रहिछन्,’ विकले भने, ‘विनोदलाई श्रीमतीसँग सम्बन्धविच्छेद गर्न पनि ५ लाख पठाएको रेकर्ड हामीसँग छ, फर्केपछि त्यो रकम फिर्ता मागे पनि नदिएको र पैसा नदिए जे पनि हुनसक्छ भनेर नानीले पटक-पटक भनेको बुझिएको छ,’ उनले भने ।

    विनोदले नै आफ्नो घरमा एक महिलाले आत्महत्या गरेको भनी इलाका प्रहरी कार्यालय रुद्रपुरमा बिहान ६ बजे जानकारी दिएका थिए । सोही सूचनाअनुसार घटनास्थलमा पुग्दा झुन्डिएको अवस्थामा शव फेला परेको हो ।

    धनमाया विदेशबाट फर्किएको एक साता मात्रै भएको थियो। मङ्गलवार राती घरका आफन्त तथा परिवारसँग राति ९ बजेसम्म खानपिन गरी फर्किएको भिनाजु छविलाल बताउँछन्।

    धनमायाको यसअघि पाल्पाका राजन सुनारसँग बिहे भएको थियो । श्रीमानसँग सम्बन्ध विच्छेद भई कञ्चनमा बस्दै आएकी उनी केही समयअघि बिदेसिएकी हुन् ।

    अहिले उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको इलाका इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। इप्रकाले घटनाको अनुसन्धान गरिरहेको छ ।

    प्रारम्भिक अनुसन्धानमा संलग्न प्रहरी कार्यालय रुद्रपुरका सई धर्म खड्काका अनुसार विनोद बुधवार बिहानै आफ्नो घरमा महिला झुण्डिएको सूचना दिन प्रहरीसमक्ष आएका थिए ।

    ‘बाहिरबाट पनि सूचना पाएका थियौँ, विनोद आफैँ पनि आउनुभयो,’ उनले भने । रुपन्देही कन्चन गाउँपालिका वडा न ४ की काबा अध्यक्ष सुशीला थापाले आफू पनि घटनास्थलमा पुगेको र शवको प्रकृति हेर्दा आत्महत्या गरेजस्तो नलागेको बताइन् ।

    ‘घाँटीमा पासोको चोट छ, शरीरमा अन्य घाउ छैन,’ उनले भनिन्, ‘खुट्टा भुईँमा टेकेको अवस्थामा कसरी झुन्डिइन् भन्ने आफन्तको दाबी प्रहरी अनुसन्धानबाट खुल्ला,’ उनले भनिन ।

    थापाका अनुसार मृतक पहिलाको वैवाहिक सम्बन्ध टुटेपछि माइतमै बस्थिन् र राम्रै आर्थिक जोहो गरेकी थिइन् । बच्चाबच्ची थिएनन् ।

    विनोदको भने दुईवटा बिहे भएका थिए । पहिलो श्रीमतीबाट एक छोरी र दोस्रो श्रीमतीतर्फ पनि दुई छोरी छन् । दोस्रो श्रीमतीसँग पनि सम्बन्धविच्छेदको प्रक्रियामा अन्तिम चरणमा पुगेकोले एकलजस्तै भएको वडाध्यक्ष थापाले बताइन् ।

    स्थानीयसमेत रहेका वडासचिव चक्रपाणी पौडेलका अनुसार विनोद प्रहरीसमक्ष विनोदले ज्यानको सुरक्षाका लागि आएको बताएका थिए ।

    images
    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - १२:५०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij