Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

मजदुर दिवस

मजदुर दिवसमा चीनका श्रमिकलाई पाँच दिन छुट्टी, पाँच करोड चिनियाँ घुमघाममा

मजदुर दिवसमा चीनका श्रमिकलाई पाँच दिन छुट्टी, पाँच करोड चिनियाँ घुमघाममा


  • 1.3K
    Shares

    मजदुर दिवसमा चीनका श्रमिकलाई पाँच दिन छुट्टी, पाँच करोड चिनियाँ घुमघाममा
    images

    चीन । जनवादी गणतन्त्र चीनमा श्रमिक दिवसको अवसरमा सुनौलो सप्ताह (गोल्डेन विक)  सुरु भएको छ । चीनमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा सरकारले पाँच दिने छुट्टी दिएपछि चिनियाँहरू घुमफिरमा निस्केका छन् ।

    मे एकदेखि पाँच दिनसम्म हुने छुट्टीको अवसरमा करिब पाँच करोड मानिस यात्रामा निस्कने अनुमान गरिएको छ ।अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संसारभरका मजदुरहरूले श्रम दिवस मनाउने गर्छन् । श्रमिकका हक अधिकारका कुरा गर्ने अवसरमा चीनमा भने छुटी दिएर मनाइन्छ । 

    कम्युनिस्टले पार्टीले शासन चलाएको मुलुक चीनमा भने सुनौलो सप्ताह भन्दै पाँच दिने छुट्टी दिएर नागरिकहरूलाई श्रम दिवसको अवसरमा घुमून् भनेर सरकारले प्रोत्साहन गरेको हो । छुट्टी सोमबारसम्म  लागू हुने छ ।

    चीनको सरकारी टेलिभिजन सिजिटिएनले यो सुनौलो सप्ताहको पाँच दिने छुट्टीमा साढे चार करोड भन्दा बढी नागरिकले आन्तरिक पर्यटन यात्रा (विदेशबाहेक) गर्ने अनुमान गरिएको छ । त्यसका लागि चीनको द्रुत गतिको रेल सेवा, हवाई सेवा, सार्वजनिक बस सेवा थप गरिएको छ । चीनको द्रुत गतिमा चल्ने रेल सेवाले अतिरिक्त समयमा रेल सुविधा थप गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

    रोचक के छ भने शुक्रबार र सोमबारको छुट्टी सट्टा बिदा हो । शुक्रबारको बिदा गत २७ अप्रिल आइतबार काम गरिसकेका छन् । सोमबारको छुटी अर्को साता आइतबार काम गर्नुपर्ने हुन्छ । सन् २००८ सम्म श्रमिक दिवसको अवसरमा चीन दिनको बिदा दिने गरिएको थियो ।

    चीनमा हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने गर्दछ । त्यसबाहेक चिनियाँ नयाँ वर्षमा वसन्त पर्वमा तीन दिन, पुर्खा दिवसमा एक दिन श्रमिक दिवसमा एक दिन, ड्रागन दिवसमा एक दिन, मध्य शरद चाडमा एक दिन, राष्ट्रिय दिवसमा तीन दिन र अन्तर्राष्ट्रिय नयाँ वर्षमा जनवरी १ गरी जम्मा ११ दिन सार्वजनिक बिदा हुने गर्दछ ।

    तर चीनमा सार्वजनिक बिदा हुने दिनमा अगाडि र पछाडिको दिनमा सापटी बिदा मिलाएर नागरिकलाई आन्तरिक पर्यटन यात्रा गरुन् भनेर प्रोत्साहनका लागि सन् २०१४ देखि यस्तो सट्टा बिदाको चलन सुरु गरेको हो ।

    आन्तरिक पर्यटन प्रर्बद्धनका लागि, नागरिक यात्रामा नयाँ कुरा देख्ने, सिक्ने खानाको स्वादका लागि यात्रा गरुन् भनेर सट्टा विद्याको चलन सुरु भएको हो । सट्टा बिदाले चिनियाँ अर्थतन्त्रमा निकै ठुलो असर पारेको छ । चिनियाँहरू पछिल्लो समयमा अर्थतन्त्र मजबुत भएपछि घुमन्ते भएका छन् ।

    चिनियाँहरूले नेपालमा मनाइने दसैँ जस्तै वसन्त पर्वमा निकै खर्च गर्दछन् । सुनौलो सप्ताह विद्याको अवसरमा घुमफिर गर्दा पनि खानामा चिनियाँहरू खर्च गर्दछन् ।

    विश्वको दोस्रो ठुलो अर्थतन्त्र रहेको चीनमा यो सप्ताहको बिदामा अर्थतन्त्र चलायमान हुने आशा गरिएको छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन, आर्थिक वृद्धि र आन्तरिक पर्यटन र स्थानीय व्यापार व्यवसायका लागि यस्तो विद्याको नियम ल्याएको हो ।

    चीनमा दिइने ११ दिने सार्वजनिक बिदा शनिबार, आइतबार परेमा त्यसको साथै त्यस हप्ताको सोमबार पनि बिदा दिने गरिन्छ । तर सोमबारको विद्याको काम सोही हप्ताको अगाडि पछाडिको शनिबार काम गर्नु पर्दछ । बिदालाई लामो बनाउन र यो नियम चीनभर नै एउटै नियम रहेको छ ।

    एक अर्ब चालिस करोड जनसङ्ख्या रहेको चीनमा २३ वटा प्रान्त, ५ वटा स्वायत्त प्रदेश, ४ वटा केन्द्र शासित सहर र २ वटा विशेष प्रशासनिक क्षेत्र छन् । त्यसमध्ये मंगोलिया, सिन च्याङग युगुर, क्वाङ्ग सि च्वाङ्ग जातीय, निङ्ग स्या ही जातीय र तिब्बत स्वायत्त प्रदेश छन् । केन्द्र शासित सहर राजधानी बेङजिङ, शाङगहाई, थ्येनचिङ र छोङ्गछिङ्ग रहेका छन् ।

    चीनमा हङकङ र मकाउ २ वटा विशेष प्रशासनिक क्षेत्र छन् । ३४ वटा प्रान्तीय स्तरका प्रशासनिक अङ्गहरू रहेका छन् ।

    त्यसैबिच, सुनौलो सप्ताहको छुट्टीमा चिनियाँहरू यात्रामा निस्कँदा नेपाल जाने यात्रुको सङ्ख्यामा पनि वृद्धि हुने अनुमान गरिएको छ ।  चीनबाट काठमाडौंमा एअर चाइना, सिचुवान एअर, चाइना साउदन, चाइना इस्टनले दैनिक उडान गरिरहेको छ । सुछवान प्रान्तको छेन्दुदेखि काठमाडौं  र ग्वाङजोउदेखि काठमाडौं  र युनान प्रान्तको खुमनिङबाट हरेक दिन काठमाडौं  सीधा उडान रहेको छ ।  

    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - ०९:५९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij