Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रधानमन्त्री र मन्त्रीको तलब र सेवा-सुविधा तोक्ने अधिकार मन्त्रिपरिषद्लाई

प्रधानमन्त्री र मन्त्रीको तलब र सेवा-सुविधा तोक्ने अधिकार मन्त्रिपरिषद्लाई


  • 10.2K
    Shares

    • images
    प्रधानमन्त्री र मन्त्रीको तलब र सेवा-सुविधा तोक्ने अधिकार मन्त्रिपरिषद्लाई

    काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको तलब तोक्ने अधिकार मन्त्रिपरिषद्ले नै लिने भएको छ ।

    २०४९ सालमा ऐन बनाएर प्रधानमन्त्री, उपप्रधानमन्त्री, राज्यमन्त्री सहायकमन्त्रीको पारिश्रमिक र सेवा-सुविधा तोकिएको थियो । उक्त ऐनमा संशोधन गर्दै सरकारले मन्त्रिपरिषद्‌ले नै प्रधानमन्त्री र मन्त्रीको तलब तय गर्ने कानुनी व्यवस्था गर्न लागेको हो ।

    मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०४९ को दफा ३ मा प्रधानमन्त्री र मन्त्रीहरूको पारिश्रमिक कति हुने भन्ने प्रष्ट व्यवस्था छ ।

    यो व्यवस्थालाई समयानुकूल बनाउन सरकारले ‘केही नेपाल ऐन संशोधन विधेयक’ संसद्‍मा ल्याएको थियो । जसलाई प्रतिनिधिसभाले मंगलबार पारित गरेर अगाडि बढाएको छ ।

    प्रतिनिधिसभाबाट पारित विधेयकमा प्रधानमन्त्री र मन्त्रीहरूको तलब र सेवा-सुविधा कति हुने किटान गरिएको छैन । नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको पारिश्रमिक पाउने भनिएको छ ।

    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - ०९:२४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij