Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने सहमति

शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने सहमति


  • 2.9K
    Shares

    • images
    शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने सहमति

    काठमाडौँ । नेपाल सरकार र आन्दोलनरत शिक्षकहरूबिच ९ बुँदे सहमति भएको छ । सहमतिपछि शिक्षकहरूले यसलाई महत्त्वपूर्ण उपलब्धि भनेका छन् । तर विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म आन्दोलन नरोक्ने अडानबाट पछि हटेको भन्दै शिक्षक नेताहरूको आलोचना गरेका छन् । 

    हिजोका सहमति अनुसार अब शिक्षकहरूले समेत निजामती कर्मचारी ग्रेड र तलबमान पाउनेछन् । जुन आगामी आर्थिक वर्ष २०८२/०८३ बाट लागू हुनेछ । 

    हिजो भएको सहमति अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकले निजामती सरह ग्रेड संख्या र रकम कायम हुनेछ । त्यस्तै स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साबिक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने छन् । 

    त्यस्तै नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने भएको छ । त्यस्तै शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धनमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने सहमति भएको छ । 

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेका सहमतिहरू मन्त्रिपरिषद् बैठकबाट समेत अनुमोदन भइसकेकाले कार्यान्वयन जाने शिक्षामन्त्री रघुजी पन्तले बताए ।

    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - ०७:१५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij