२०८२ चैत्र २ गते सोमवार
सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ।
बुधबार साँझ सम्पन्न शिक्षक महासंघका प्रतिनिधि र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहितको सरकारी वार्ता टोलीबीच सहमति भएको हो।
नेपाल शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले आफूहरूका नौ बुँदे माग सम्बोधन गर्न सरकार तयार भएको जानकारी दिइन्।
‘नौ बुँदे मागमा सहमति भएको छ। अब मन्त्रिपरिषद्ले अनुमोदन गरे शिक्षक आन्दोलन रोकिन्छ’ पराजुलीले भनिन्।
यस्तै, शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेले पनि शिक्षा ऐन छिट्टै पारित गर्ने र शिक्षकले आन्दोलन रोक्ने सहमति भएको बताए।
‘शिक्षकका सबै माग सम्बोधन हुने भएको छ। एउटा खाका बनाउन सरकारको निर्णय आवश्यक छ’ उनले भने, ‘त्यसका लागि मन्त्रिपरिषद् बैठक बस्दैछ। नेपाल सरकारबाट निर्णय भएर आएपछि लागू हुन्छ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij