२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । न्यायाधीश नियक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले ६५ वर्षे मापदण्डलाई निरन्तरता दिन अन्तरिम आदेश जारी गरेको हो ।
आदेशको पूरा पाठ आइसकेको छैन । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहितको पूरक निवेदनबारे पूरक पूर्ण पाठ आएपछि थाहा हुने अधिवक्ता विशाल थापाले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij