Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय


  • 3.8K
    Shares

    • images
    भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौँ । वैशाख १८ गते बिहीबार देशभर सार्वजनिक बिदा दिइने भएको छ । श्रमिकहरूको सम्मानमा प्रत्येक वर्ष वैशाख १८ गते (मे १ तारिख) मनाइने विश्व मजदुर दिवसको अवसरमा सार्वजनिक बिदा दिइने सरकारको निर्णय छ ।

    यस दिन देशभरका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, धितोपत्र बजार (शेयर बजार) लगायतका निकायहरू बन्द रहने छन्  । मजदुर दिवसलाई श्रमिकहरूको अधिकार, सम्मान र योगदानप्रति कृतज्ञता प्रकट गर्ने अवसरका रूपमा लिइन्छ ।

    सरकारी कार्यालयसँगै निजी क्षेत्रका कतिपय संस्थाहरू पनि यो अवसरमा बिदा दिने गरेका छन् । विश्व मजदुर दिवसको दिन विभिन्न श्रमिक संगठनहरूद्वारा र्‍याली, सभा, गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिँदै आएका छन् ।

    प्रकाशित मिति :बैशाख १७ २०८२ बुधवार - १६:०६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij