Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रेशम चौधरी प्रकरण

सर्वोच्चले कारागारलाई पत्र लेख्यो, रेशमलाई तत्काल थुनामुक्त गरिदिनू (पत्रसहित)

सर्वोच्चले कारागारलाई पत्र लेख्यो, रेशमलाई तत्काल थुनामुक्त गरिदिनू (पत्रसहित)


  • 2.2K
    Shares

    सर्वोच्चले  कारागारलाई पत्र लेख्यो,  रेशमलाई तत्काल  थुनामुक्त गरिदिनू  (पत्रसहित)
    images

    काठमाडौँ । सर्वोच्च अदालतले रेशमलाल चौधरीलाई रिहा गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखेको छ ।

    सर्वोच्चका सह–रजिस्ट्रार अच्युत कुइँकेलले आजै कारागार कार्यालयमा पठाइएको पत्र आधिकारिक नभएको उल्लेख छ।  

    अनधिकृत पत्र कार्यान्वयन नगरी चौधरीलाई तत्काल थुनामुक्त गर्न  कारागारलाई भनिएको छ । पत्रमा भनिएको छ, 'यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२ । १ । १७ मा कैदमा राख्न पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं.६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद / थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।'

    नक्कली पत्रका आधारमा पक्राउ परेका रेशम आधिकारिक पत्रपछि केहीबेरमा रिहा हुँदैछन् । 

    whatsapp-image-2025-04-30-at-16.32.42_a8d267b5_3Vitrc5ubF.jpg

     

    प्रकाशित मिति :बैशाख १७ २०८२ बुधवार - १६:४७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij