२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सरकार र शिक्षक महासंघबीच वार्ता सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भइरहेको हो ।
शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको महासंघका नेताहरूले बताएका छन् । शिक्षकको आन्दोलन २० चैतदेखि काठमाडौंमा जारी छ ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू गत चैत २० गतदेखि आन्दोलन गर्दै आएका छन्। उनीहरूले चैत २५ गतेदेखि शैक्षिक हडताल समेत गरेका छन् ।
सरकारसँग सहमति भएमा आन्दोलनको स्वरूप परिवर्तन गर्ने महासङ्घले जनाएको छ । कक्षा १२ को परीक्षा सञ्चालन गर्न दिने गरी आन्दोलनको स्वरूप परिवर्तन गर्ने जनाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij