Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

एउटा डाँडामा बसेर मासिक दुई–तीन लाख कमाउन सम्भव छः महामन्त्री गगन थापा

एउटा डाँडामा बसेर मासिक दुई–तीन लाख कमाउन सम्भव छः महामन्त्री गगन थापा


  • 1.7K
    Shares

    एउटा डाँडामा बसेर मासिक दुई–तीन लाख कमाउन सम्भव छः महामन्त्री गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै डाँडामा बसेर लाखौँ कमाउने सपना सम्भव भएको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।

    उनले आफूले कीर्तिपुरको डाँडामा बसेर महिनामा दुई–तीन लाख कमाउन सकिने कुरा गर्दा त्यसलाई रमाइलो बनाइएको उल्लेख गरे । कुनै पनि डाँडामा बसेर लाखौँ कमाउने विषय कल्पना र सपना रहेको बताउँदै त्यो सम्भव हुने आधार भएको जिकिर गरे ।

    महामन्त्री थापाले हरेक व्यक्तिलाई सीप र क्षमता दिएको खण्डमा लाखौँ कमाउने सपना पूरा हुने बताए । विश्व अहिले ज्ञान अर्थतन्त्रमा रहेको उल्लेख गर्दै चीनमा जन्मिएका एक व्यक्तिले डिपसिक बनाएर सिलिकन भ्यालीले अनुमोदन नगर्दा पनि एआईमा च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने ठाउँमा पुगेको स्मरण गरे । ज्ञान अर्थतन्त्रमा हरेक सम्भावनाको नेटवर्क खुलेको समेत उनको जिकिर थियो ।

    "मैले कीर्तिपुरको डाँडा भनिसकेपछि तपाईंहरू सबैलाई एउटा प्रसंग याद आउँछ । त्यो प्रसंग कोट्याएको दिनको म छोटकरीमा सम्झन्छु, एउटा डाँडामा बसेर दुई–तीन लाख कमाउन सकिन्छ भन्ने इमाजिनेसनको कुरा मैले गरे, कतिलाई रमाइलो कुरा पनि भयो," उनले भने, "तर, त्यो इमाजिनेसन हो, त्यो ड्रिम हो, सम्भव छ । सम्भव केले छ भन्दा, एउटा व्यक्तिलाई हातमा सीप र क्षमता दियो भने त्यो सम्भव छ ।"

    उनले ज्ञान अर्थतन्त्रमा लाखौँलाई नयाँ अवसर आउने बताउँदै विपन्न समुदायलाई उक्त अवसरबाट वञ्चित हुन नहुने उल्लेख गरे ।

    images
    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - १५:४८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij