२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा कायम भएको छ।
अघिल्लो दिनको तुलनामा नेप्से १५.०८ अंक घटेको छ भने कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५७ करोडकोमात्र कारोबार भएको छ ।
५७ कम्पनीको सेयर मूल्य बढ्दा १८८ को कम्पनीको घटेको छ । अन्य सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.५७, विकास बैंक ०.९०, होटल तथा पर्यटन ०.६३, हाइड्रोपावर ०.२०, लगानी ०.८३, जीवन बीमा ०.५४, उत्पादन ०.३४, माइक्रोफाइनान्स ०.७८, निर्जीवन बीमा ०.३२, व्यापार ०।५१ र अन्य ०.७५ प्रतिशत घटे ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij