Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

विद्या भट्टराईले तयार गरेकै ‍७ बुँदालाई टेकेर शिक्षक आन्दोलनको सहमति गर्ने तयारी

विद्या भट्टराईले तयार गरेकै ‍७ बुँदालाई टेकेर शिक्षक आन्दोलनको सहमति गर्ने तयारी


  • 6.7K
    Shares

    विद्या भट्टराईले तयार गरेकै ‍७ बुँदालाई टेकेर शिक्षक आन्दोलनको सहमति गर्ने तयारी

    काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बन्दै गएको छ।

    सोमबार राति बसेको वार्ता सहमति नजिक पुगेपछि शिक्षक आन्दोलन निष्कर्ष पाउने दिशामा अघि बढेको छ । सरकारले शिक्षकसँग निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले नै तयार गरेको सात बुँदालाई टेकेर सहमति गर्ने तयारी गरेको छ ।

    आज पनि वार्ता बस्दै छ । त्यसअघि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्दोलनमा सहभागी भएका सबै शिक्षक संघ-संगठनसँग छलफल गर्दैछ । सरकारले पनि आजै बस्ने मन्त्रिपरिषद्बाटै आन्दोलनका माग सम्बोधनका विषयमा निर्णय गर्ने तयारी गरेको छ ।

    शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन जारी गर्नु हो । यो ऐन जारी गर्ने सम्बन्धमा प्रमुख सचेतकहरुको बैठक बसेर पारित गर्ने समयावधिको निश्चित गर्ने तयारी गरिएको छ । शिक्षकका माग सम्बोधन गर्ने विषयमा सोमबार नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का निवासमा सत्तारुढ दल र शिक्षक नेताहरूको संयुक्त बैठक बसेको थियो । उक्त बैठक सहमति नजिक पुगेको सहभागी नेताहरूले बताएका छन् ।

    बैठकमा कांग्रेस उपसभापति खड्का, दुई महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, एमालेबाट माहासचिव शंकर पोखरेल, मन्त्रीहरु अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त सहभागी थिए । शिक्षक महासंघबाट लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा पदाधिकारी सहभागी भएका थिए ।

    छलफलपछि सोमबार राति नै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई ब्रिफिङ गरिएको थियो ।

    सोमबार सरकार र शिक्षक प्रतिनिधिबीच पनि वार्ता भएको थियो । उक्त वार्ता पनि सकारात्मक रुपमा अघि बढेको छ । आज हुने वार्ताबाट आन्दोलनले निकास निस्कने शिक्षक र सरका रपक्षको दाबी छ ।

    images
    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - १२:०८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij