Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गृहमा हाजिर भएको ५ महिनामा बल्ल जिम्मेवारी पाए सहसचिव बास्तोलाले

गृहमा हाजिर भएको ५ महिनामा बल्ल जिम्मेवारी पाए सहसचिव बास्तोलाले


  • 967
    Shares

    • images
    गृहमा हाजिर भएको ५ महिनामा बल्ल जिम्मेवारी पाए सहसचिव बास्तोलाले

    काठमाडौं । सहसचिव बन्धुप्रसाद बास्तोलाले गृह मन्त्रालयमा हाजिर भएको ५ महिनापछि बल्ल जिम्मेवारी पाएका छन् ।  गृह मन्त्रालयबाट रातोपाटीलाई प्राप्त कागजातमा सहसचिव बास्तोला गत पुस २६ गते मन्त्रालयमा हाजिर भएका थिए । 

    त्यसपछि अतिरिक्त समूहमा रहँदै आएका बास्तोलालाई आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको हो । 

    निजामती कर्मचारी सेवा ऐन अनुसार कुनै पनि निजामती कर्मचारीलाई ६० दिनभन्दा बढी जिम्मेवारीविहीन अवस्थामा राख्न पाइन्न । निजामती सेवा ऐन २०४९ को दफा १८ को उपदफा (ख) ९१० विपरीत सहसचिव बास्तोला जगेडामा राखिएका थिए ।   

    ऐनको दफा १८ को उपदफा ९ख०९१० मा लामो बिदामा रहेको, निलम्बन भएको र अन्यत्र काजमा खटिएका कारण पदाधिकार रहेको पदमा कायम राख्न पर्नेमा बाहेक कुनै पनि निजामती कर्मचारीलाई पदीय जिम्मेवारी नदिई ६० दिनभन्दा बढी समय राख्न नमिल्ने उल्लेख छ ।

    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - १०:४८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij