Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सुई लगाउनासाथ ३५ वर्षीय शाहीको मृत्यु, ल्याब असिस्टेन्ट फरार

सुई लगाउनासाथ ३५ वर्षीय शाहीको मृत्यु, ल्याब असिस्टेन्ट फरार


  • 3.0K
    Shares

    • images
    सुई लगाउनासाथ ३५ वर्षीय शाहीको मृत्यु, ल्याब असिस्टेन्ट फरार

    कैलालीमा उपचारका क्रममा सुई लगाउनासाथ एक युवकको मृत्यु भएको छ। घोडाघोडी नगरपािलका–८ आमफाँटाका ३५ वर्षीय निरज बहादुर शाहीको मृत्यु भएको हो। 

    इन्द्र चौधरी दहितले सञ्चालन गरेको स्थानीय दहित मेडिकलमा उपचारकाे क्रममा शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेश अवस्थीले बताए।

    शाही सोमबार बिहान शरीर र छाती दुखेको भन्दै घरबाट आफैँ मोटरसाइकल चलाएर मेडिकलमा गएका थिए। त्यहाँ जाँच पश्चात् ल्याब असिस्टेन्ट टीकापुर नगरपालिका–५ का महावीर चौधरीले सुई लगाइ दिएका थिए। सुई लगाएको केहीबेरमै शाहीले मेडिकलमै प्राण त्यागेका हुन्।

    याे घटना लगत्तै सुई लगाउने चौधरी फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँमा रहेका मेडिकल सञ्चालक घटनापछि घर फर्किएका छन्। 

    मृतक शाहीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - ०७:४९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij