Logo

२०८२ पौष १७ गते बिहिवार

२०८२ पौष १७ गते बिहिवार

आज सबैजसो विदेशी मुद्राको मूल्य घट्यो, कुनको भाउ कति ?

आज सबैजसो विदेशी मुद्राको मूल्य घट्यो, कुनको भाउ कति ?


  • 1.6K
    Shares

    आज सबैजसो विदेशी मुद्राको मूल्य घट्यो, कुनको भाउ कति ?

    नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। 

    आज अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा थियो। 

    गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

    त्यसैगरि आज युरो १ को खरिददर १५४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६९ पैसा छ। हिजो युरो १ को खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा थियो। 

    त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८१ रुपैयाँ ८५ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४६ पैसा थियो। 

    त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा थियो। 

    त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ९० पैसा र बिक्रीदर ४४६ रुपैयाँ ८६ पैसा थियो। 

    आज बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ १४ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ७४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४७ पैसा थियो। 

    यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

    वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

    हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दरScreenshot_2025-04-29_050236_08PQo7P3Nz.png

    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - ०५:१५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij