२०८२ चैत्र २ गते सोमवार
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्ममा आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन हुने बताएका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले आज शिक्षा मन्त्रीले शिक्षक महासंघसँग वार्ता गर्नु भएको र त्यसलाई भोली वा पर्सी भित्र सहमतिमा पुर्याउने विश्वास व्यक्त गरे ।
उनले भने- ‘मन्त्रीज्यूले वार्ता गर्नुभएको छ केही कुरा निष्कर्षमा पुगेको जस्तो लाग्छ मलाई । भोलि वा पर्सिसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुन्छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij