Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

शिक्षकहरूको माग तीन दिनभित्र सम्बोधन गर्न आदेश दिएको सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो यस्तो जवाफ

शिक्षकहरूको माग तीन दिनभित्र सम्बोधन गर्न आदेश दिएको सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो यस्तो जवाफ


  • 3.9K
    Shares

    शिक्षकहरूको माग तीन दिनभित्र सम्बोधन गर्न आदेश दिएको सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो यस्तो जवाफ

    काठमाडौं । शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ ।

    सर्वोच्चले गत बिहीबार सरकारका नाममा आदेश दिँदै शिक्षकहरूका जायज माग तीन दिनभित्र सम्बोधन गरी पठनपाठनमा फर्काउने वातावरण बनाउन भनेको थियो ।

    शिक्षा मन्त्रालय स्रोतका अनुसार सर्वोच्चलाई फर्काएको जवाफमा शिक्षकका मागका बारेमा अहिलेसम्म भएको संवाद, शिक्षा विधेयकबारे संसदीय समितिमा चलिरहेको प्रक्रिया, शिक्षकका माग सम्बोधन गर्नेबारे भइरहेको पछिल्लो अवस्था समावेश छन् ।

    नयाँ शिक्षा विधेयकको माग राखेर नेपाल शिक्षक महासंघले २७ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । शिक्षामन्त्रालय सम्हालेको भोलिपल्टै शनिबार शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए । वार्ताका लागि शिक्षा मन्त्रालयका शिक्षामन्त्री पन्तलाई कुराएर शिक्षकहरू भने वार्तामा गएनन् ।

    त्यसयता सरकार र आन्दोलनरत शिक्षकहरू बीच संवाद हुन सकेको छैन ।

    सरकारले आफूहरूको माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै शिक्षकहरूले आइतबार बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो । झपमा परी ६२ जना शिक्षक घाइते भएको महासंघले दाबी गरेको छ ।

    २० चैतदेखि महासंघ नेतृत्वमा शिक्षकहरूले आन्दोलनलाई जारी राखेका छन् । शिक्षक आन्दोलनका कारण एसईईको उत्तर पुस्तिका परीक्षण हुन सकेको छैन भने कक्षा १२ को परीक्षा समेत प्रभावित भएको छ ।

    यस्तै भर्ना अभियान समेत प्रभावित बनेको छ ।

    images
    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - २०:२४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij