Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बालविकास सहजकर्तालाई अब शिक्षक नै भन्ने र प्राथमिक तह सरह तलब दिने सहमति

बालविकास सहजकर्तालाई अब शिक्षक नै भन्ने र प्राथमिक तह सरह तलब दिने सहमति


  • 31.5K
    Shares

    • images
    बालविकास सहजकर्तालाई अब शिक्षक नै भन्ने र प्राथमिक तह सरह तलब दिने सहमति

    काठमाडौं ।  प्रारम्भिक बालविकास सहजकर्ताले शिक्षकको दर्जा पाउने र तलब सुविधा पनि प्राथमिक तह सरह हुनेमा सहमति जुटेको छ।

    प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिमा जारी विद्यालय शिक्षा विधेयक–२०८० माथि छलफलमा बालविकास सहजकर्ताबारे उक्त सहमति जुटेको हो।

    स्रोतका अनुसार बालविकास सहजकर्तालाई अब शिक्षक नै भन्ने र प्राथमिक तह सरह तलब दिने गरी विधेयकमा उपसमितिले सहमति जनाएको छ।

    स्रोतले भन्यो, ‘उपसमितिले बालविकास सहजकर्तालाई अब ‘सका’ होइन शिक्षकको नै दर्जा दिने गरी विधेयकमा सहमति गर्‍यो। प्राथमिक तहको शिक्षकले पाउने तलब सुविधा बालविकास सहजकर्ताले पाउने सहमति भएको छ।’

    प्रावि शिक्षकको पनि श्रेणी छ। श्रेणी अनुसारका (शिक्षक) को तलबसुविधा निर्धारण हुन्छ।

    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - १५:११:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij