Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि, बञ्चरेडाँडा लगिने फोहर घट्यो

वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि, बञ्चरेडाँडा लगिने फोहर घट्यो


  • 1.6K
    Shares

    वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि,  बञ्चरेडाँडा लगिने फोहर घट्यो

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । 

    फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले ३२ वडामध्ये १० वटा वडामा वर्गीकरण गरिएको फोहर अन्तिम व्यवस्थापनको कार्य थालेको छ । 

    फोहर वर्गीकरण अघि काठमाडौँ महानगरपालिकाबाट दैनिक २० गाडी फोहर बञ्चरेडाँडा जाने गरेको थियो  । अहिले फोहरको मात्रा घटेसँगै दैनिक १५ गाडी मात्रै लाने गरेको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिए । हाल वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३ २४, २५, र २७ मा स्रोतमै फोहर वर्गीकरण गरेर मात्रै व्यवस्थापनको काम भइरहेको छ ।  

    विभागको प्रमुख राईका अनुसार अहिले काठमाडौँ महानगरपालिकाले छ वटा क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापनको काम थालेको छ । उनका अनुसार प्रत्येक क्षेत्रमा एक–एक वटा ‘ट्रान्फरस्टेसन’ निर्माण गरी उक्त स्थानमा केही समयका लागि फोहर राखिने र त्यसपछि अन्तिम व्यवस्थापनका लागि   ‘ल्यान्डफिल साइट’ बञ्चरेडाँडा लगिनेछ ।

    त्यसका लागि काठमाडौँ महानगरपालिकाले ३२ वटा वडालाई भौगोलिक र जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण गरी स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्रै व्यवस्थापन गर्ने कार्य थालिसकेको छ । 

    images
    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - १४:५७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij