Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

उपचारका लागि रिहा भएका धवल राजावादी आन्दोलनमा सहभागी

उपचारका लागि रिहा भएका धवल राजावादी आन्दोलनमा सहभागी


  • 2.2K
    Shares

    उपचारका लागि रिहा भएका धवल राजावादी आन्दोलनमा सहभागी

    काठमाडौं । राप्रपा नेपालको आयोजनामा राजधानीमा भएको प्रदर्शन तथा विरोध सभामा राप्रपाका महामन्त्री धवलशमशेर राणा सहभागी रहेका छन् ।

    तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी समूहका प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राणा केही दिनअघि उपचार गर्नका लागि भनेर रिहा भएका थिए भने उनी फेरी राजावादीको कार्यक्रममा सहभागी भएका छन् । 

    राणा केही दिनअघि क्यान्सरको फलोअपको लागि भनेर भारत गएका थिए भने चिकित्सकहरूले कुनै समस्या नरहेको रिपोर्ट दिइसकेका छन् । 

    राप्रपा नेपालले आस्थाका बन्दीहरू तत्काल गर्न माग गर्दै प्रदर्शनपछि शान्तिबाटिकामा विरोधसभाको आयोजना गरेको छ ।  सभामा राजावादी समूहका विभिन्न नेताहरूको सहभागिता रहेको छ । 

     

    images
    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - १४:०२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij