२०८२ भाद्र १६ गते सोमवार
काठमाडौं । गायिका तथा धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङको नयाँ गीत ‘बुद्धभूमि’ सार्वजनिक भएको छ ।
दशौं भूकम्प स्मृति दिवसको अवसरमा गोरखाको बारपाकमा आयोजित एक कार्यक्रमकाबीच पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गीतको बिमोचन गरेका हुन् । कार्यक्रममा दाहालसँगै पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि थिए । बिमोचनसँगै गीतको भिडियो समेत प्रोजेक्टरमार्फत सार्वजनिक गरिएको थियो ।
देशको सामाजिक, सांस्कृतिक, राजनीतिक लगायतका क्षेत्रलाई भिडियोमार्फत देखाउन खोजिएको उनले गायिका सुनिला गुरुङले बताइन् । ‘देश विकास गर्न, देशमा शान्ति स्थापना गर्ने हो भनी हामी सबै एक भएर, लाग्नुपर्छ भन्ने सन्देश गीत र भिडियो देखाउन खोजिएको छ ।’ उनले भनिन्,
प्रकाश भट्टको निर्देशनमा गायक कृष्ण केसी र आफ्नै आवाजमा रहेको गीतमा सम्पादन टेकेन्द्र शाहले गरेका छन् । गोबिन्द एनेकको रेकडिङ्ग तथा श्यामश्वेत रसाईलीको मिक्सिङ्गमा सुमन पण्डितको संगीत रहेको उक्त भिडियोमा सुरेश श्रेष्ठले छाँयाकन तथा टेकेन्द्र शाहको सम्पादन गरेका हुन् । गीतको प्रिज्मा रेकर्डिङ स्टुडियो परिवारले रेकर्डिङ तथा मिक्सिङ गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij