२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । विगत २७ दिनदेखि सडक आन्दोलनमा विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू निरन्तर आन्दोलन गरीरहेका छन् ।
२६ औँ दिनको आन्दोलनको क्रममा हिजो प्रहरी र शिक्षकबिच झडप भएको थियो । झडपका क्रममा ६२ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । तीमध्ये एक दर्जन बढी शिक्षक तथा विद्यालय कर्मचारीलाई गम्भीर चोट लागेको छ भने एक पत्रकार पनि गम्भीर घाइते भएको छ ।
प्रहरीसँगको झडपपछि घाइते भएका शिक्षकहरू उपचारपछि आज सडक आन्दोलनमा उत्रिएका छन् । सामान्य घाइते भएका शिक्षकहरू मलमपट्टी लगाएर भए पनि सडक आन्दोलनमा उत्रिएका छन् ।
प्रहरीसँगको झडपपछि महासङ्घले आन्दोलन थप चर्काउने निर्णय गरेको छ र घर घरमा रहेका शिक्षकहरूलाई समेत तत्काल काठमाडौं आएर आन्दोलन सहभागी हुन अनुरोध गरेको छ । सोही आधारमा विभिन्न क्षेत्रबाट शिक्षकहरू आन्दोलनमा थपिएको छ ।
सबैको सक्रिय सहभागिता अनिवार्य रहेको महासङ्घले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij