Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शान्तिपूर्ण रूपमा धर्ना बसेका शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै विपक्षी दलको विरोध

शान्तिपूर्ण रूपमा धर्ना बसेका शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै विपक्षी दलको विरोध


  • 1.1K
    Shares

    • images
    शान्तिपूर्ण रूपमा धर्ना बसेका शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै  विपक्षी दलको विरोध

    काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै विपक्षी दलको सांसदहरूले शिक्षकहरूको आन्दोलनको क्रममा सरकारले दमन गरेको भन्दै विरोध गरेका छन् । 

    उनीहरूले शिक्षकहरूसँग सहमति गर्नुको साटो उनीहरूमाथि दमन गरिएको भन्दै विरोध जनाएका छन्। नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण रूपमा धर्ना बसेका शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै भर्त्सना गरेका छन् । 

    संविधान निर्माणसंगै समयमा नै नयाँ ऐन बनाउन नसकेकाले शिक्षकहरू बाध्य भएर आन्दोलनमा आउनुपरेको शर्माले बताएका छन् । सुमना श्रेष्ठले शिक्षकहरूमाथि राज्यले गरेको दमनको विरोध गर्दै शिक्षकहरूको जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। 

    त्यस्तै, राप्रपा सांसद रोशन कार्कीले शिक्षक आन्दोलनमा घुसपैठ गराएर सरकारले दमन गरेको आरोप लगाइन् । सांसदहरूले घाइतेहरूको उपचारको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएका थिए ।आइतबार राजधानीमा भएको प्रदर्शनका क्रममा शिक्षकहरुमाथि प्रहरी हस्तक्षेप भएको थियो । 

    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - ११:२२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij