Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पाल्पामा राति जिप भीरबाट खस्दा ३ युवाको मृत्यु, २ घाइते

पाल्पामा राति जिप भीरबाट खस्दा ३ युवाको मृत्यु, २ घाइते


  • 1.7K
    Shares

    • images
    पाल्पामा राति जिप भीरबाट खस्दा ३ युवाको मृत्यु, २ घाइते

    पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा जिप चालकसहित दुई जना घाइते भएका प्रहरीले जनाएको छ। 

    गएराति रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरमा लु ३ च २३७७ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  

    पाल्पाकै असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको जिप आइतबार राति सवा १० बजेतिर आफैँ अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसेर दुर्घटना भएको हो।

    दुर्घटनामा रैनादेवी १ का ३१ वर्षीय चेतनारायण विक, ३६ वर्षीय दीपेन्द्र बुढा र २२ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी सुनिल मल्लले जानकारी दिए। 

    दुर्घटनामा जिप चालक २७ वर्षीय रञ्जन रेश्मी मगर र २२ वर्षीय सरोज बुढा घाइते छन्। घाइतेमध्ये मगरको अवस्था गम्भीर छ। उनीहरुको  लुम्बिनी अस्पताल र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - ०६:३२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij