Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गोरखा बारपाक सुलिकोटको सहकारीबाट दुई लाख बढी रकम चोरी

गोरखा बारपाक सुलिकोटको सहकारीबाट दुई लाख बढी रकम चोरी


  • 1.6K
    Shares

    • images
    गोरखा बारपाक सुलिकोटको सहकारीबाट दुई लाख बढी रकम चोरी

    गोरखा। बारपाक सुलिकोट गाउँपालिका–५ थालेस्थित पिपलबोट कृषि सहकारी संस्थामा चोरी भएको छ । शनिबार राति संस्थाको कार्यालय तोडफोड गरी २ लाख १५ हजार रकम चोरी भएको संस्थाका अध्यक्ष रामबहादुर खड्काले बताए ।

    ‘भवनको मूल गेट र सेफ राखेको कोठाको चावी फुटाएको देखियो,’ उनले भने, ‘सेफको लकर फुटाएर भित्र राखेको पैसा लगेछ ।’ घटनाबारे प्रहरीलाई जानकारी गराएको उनले सुनाए ।

    जानकारी पाए लगतै प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्मा नेतृत्वको टोली घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेको छ । ‘संहकारीको आफ्नै भवन रहेछ, गाउँदेखि अलि पर एकान्त जस्तो ठाउँमा रहेकाले पनि चोरी हुदाँ थाहा नपाएको हुन सक्छ,’ उनले भने ।

    ढोकाको चावी र सेफको लकर फुटाएको अवस्थामा भेटिएको उनले जानकारी दिदै उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । सिसिटिभी जडान नभएकाले चोरी गर्नेको पहिचान गर्न समस्या भएको उनको भनाइ छ ।

    प्रकाशित मिति :बैशाख १४ २०८२ आइतवार - २०:४०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij