Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आँखामा चोट लागेर घाइते पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

आँखामा चोट लागेर घाइते पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण


  • 2.3K
    Shares

    आँखामा चोट लागेर घाइते पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

    काठमाडौं । समाचार सङ्कलनका क्रममा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की घाइते भएकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ । महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको जनाएका छन् ।  

    शिक्षक र प्रहरीबिच आज नयाँ बानेश्वरमा भएको झडपको समाचार सङ्कलन गर्ने क्रममा प्रहरीले हानेको फोहोरा पानी सिधै आँखामा पर्दा कार्की घाइते भएको थिइन । घाइते कार्कीको सिभिल अस्पताल, ट्रमा सेन्टर हुँदै अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।

    नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय रहेको महासङ्घले जनाएको छ ।  घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन महासङ्घले माग गरेको छ ।

    images
    प्रकाशित मिति :बैशाख १४ २०८२ आइतवार - १५:२६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij