Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते, केहीको अवस्था गम्भीर

झडपमा परी ६३ जना शिक्षकहरू घाइते, केहीको अवस्था गम्भीर


  • 1.9K
    Shares

    • images
    झडपमा परी ६३ जना शिक्षकहरू घाइते, केहीको अवस्था गम्भीर

     काठमाडौं । शिक्षक र प्रहरीबिचको झडपमा ६३ जना शिक्षक घाइते भएका छन् ।आज दिउँसो प्रहरी र आन्दोलनरत शिक्षकहरूको झडप भएको थियो । 

    घाइते शिक्षकहरुलाइ ट्रमा सेन्टर, सिभिल हस्पिट र बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपचार भइरहेको छ ।  एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्ष शंकर अधिकारीले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताए  । 

    शिक्षक र प्रहरीबिचको झडपपछि नेपाल शिक्षक महासंघले बैठक बोलाएको  छ । आन्दोलनले ठुलो रूप लिएपछि महासंघले आकस्मिक बैठक बस्ने निर्णय गरेको हो ।

    आज दिउँसो ३ बजे बानेश्वरको रत्नराज्य माविमा  महासंघले बैठक बोलाइएको छ । बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूको  उपस्थिति हुने छ  । बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनको विषयमा छलफल हुने महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन् । 

    प्रहरीसँगको झडपपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् भने घाइते भएका शिक्षकहरूलाइ  सिभिल हस्पिटल लैजान भनिएको छ र सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलनस्थलमै उपचार भइरहेको नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले बताएका छन् ।

    काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा शिक्षक र प्रहरीसँग झडप भएको छ । शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको छ ।

    शिक्षकहरूले निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि प्रहरीले बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेका छन् । 

    प्रकाशित मिति :बैशाख १४ २०८२ आइतवार - १४:१७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij