२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरूलाई प्रमाणित गर्न चुनौती दिएका छन् ।
मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा षड्यन्त्र र झेली गर्ने खेलाडीहरूले लाजशरम पचाएर यस्तो आरोप लगाउने गरेको बताएका छन् ।
देशमा एमाले र नेपाली काँग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै ओलीले विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालेको बताए छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij