Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

मुखमा क्यान्सर समस्या देखाउदै हिरासतबाट छुुटेका धवल राजावादी आन्दोलनमा फेरि सक्रिय

मुखमा क्यान्सर समस्या देखाउदै हिरासतबाट छुुटेका धवल राजावादी आन्दोलनमा फेरि सक्रिय


  • 3.1K
    Shares

    मुखमा क्यान्सर समस्या देखाउदै हिरासतबाट छुुटेका धवल राजावादी आन्दोलनमा फेरि सक्रिय

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा फेरि राजावादी आन्दोलनमा सक्रिय भएका छन्। गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको दोषी रहेको भन्दै पक्राउ परेका उनी स्वास्थ्य उपचारका लागि भन्दै केही दिनअघि हिरासतबाट छुटेर उपचारका लागि भारत गएका थिए। 

    अनुसन्धान कायम रहँदै स्वास्थ्य उपचारका लागि त्रै हिरासत छाड्ने अनुमति पाएका राणा राजावादी आन्दोलनमा सक्रिय भएका छन्। उनले समाजिक सञ्जाल फेसबुकमार्फत भोलि आयोजना गर्न लागिएको प्रदर्शनमा सहभागी हुन समेत आह्वान गरेका छन्।

    ‘भोलि वैशाख १५ गते राप्रपा नेपालको आयोजनामा आस्थाका बन्दीहरुको तत्काल रिहाई र विचारका आधारमा बन्देज लगाउने ऐन बनाउन पाईदैन भन्दै काठमाडौँको प्रदर्शनीमार्गमा हुने जनप्रदर्शनमा सहभागीताको निमित्त सम्पूर्ण हिन्दूवादी, राजावादी, राष्ट्रवादी र प्रजातन्त्र प्रेमीहरुमा हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन्। 

    राप्रपाको जनआन्दोलन परिचालन समिति संयोजक समेत रहेका राणाले देशले अहिले परिवर्तन खोजेको भन्दै सबैलाई एकजुट हुन समेत आग्रह गरेका छन्। ‘देशले अहिले परिवर्तन खोजेको छ,’ उनले भनेका छन्, ‘जनता स्थिरता र समृद्धिको पक्षमा छन्। देश र जनतालाई केन्द्रमा राखेर एकपटक सम्पूर्ण जनता जुरुक्क उठ्नुपर्ने बेला आएको छ। समान विचार बोक्नेहरुबीच अहिले एकताको आवश्यता छ। सबै मिलौँ, जुटौँ। देश बचाउने र बनाउने महान अभियानमा हातेमालो गर्दै कम्मर कसेर लगौँ।’ 

    494357095_977162397780841_8841063829636048074_n.png

    images
    प्रकाशित मिति :बैशाख १४ २०८२ आइतवार - ११:३६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij