Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय

नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय


  • 1.3K
    Shares

    • images
    नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय

    काठमाडौं ।  पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य बिस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् ।

    गत वर्ष प्रतिक्रेट (३० गोटा) को रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा पुगेको थियो । अहिले मूल्यमा वृद्धि भएर रु चार सय ५० पुगेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुने गरी ठुलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट ९३० वटाको० रु चार सय ३०,  मध्यमको रु तीन सय ८० र  ‘एक्सएल’को रु चार सय ५० कायम गरिएको छ । यसअघि  ठुलो अण्डाको मूल्य रु रु तीन सय ५० मा झरेको थियो ।  सङ्घको शनिबार सम्पन्न छलफलले अण्डाको मूल्य बढाउने निर्णय गरेको उनले जानकारी दिए ।

    एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) रु तीन हजार १४०, ठुलो अण्डा रु तीन हजार र मझौलाको रु दुई हजार ६५०  कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने उनले बताए । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ । अण्डाको मूल्य उच्च हुँदा ठुलो अण्डा प्रतिपेटी रु तीन हजार छ सय ७५ सम्म पुगेको थियो । 

    सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो हुने गरेको पोख्रेलको भनाइ छ । उनले भने, “गर्मीका कारण अण्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढेको हो ।” उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ । 

    सङ्घका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ”, उनले भने, “अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन् । अहिले दैनिक ३० लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।” नेपालमा कुखुरापालक किसानले लागत मूल्य नपाएपछि धेरै विस्थापित भएका छन् ।

    प्रकाशित मिति :बैशाख १४ २०८२ आइतवार - १०:४७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij