Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा लाग्यो आगो, दुवै चालकको एपोलो अस्पतालमा उपचार जारी

धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा लाग्यो आगो, दुवै चालकको एपोलो अस्पतालमा उपचार जारी


  • 1.7K
    Shares

    धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा लाग्यो आगो,   दुवै चालकको एपोलो अस्पतालमा उपचार जारी

    काठमाडौं । धनुषाधाममा दुई वटा ट्रक एका आपसमा ठोक्किँदा ट्रकमै आगो लागेको छ । धनुषाधामको मालटोलचोकमा दुई वटा ट्रक ठोक्किएर आगलागी भएको धनुषा प्रहरीले जानकारी दिएका छन् ।

    आइतबार बिहान सिरहाबाट धल्केवरतर्फ जाँदै गरेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेशको ट्रक ठोक्किँदा दुई वटै ट्रकमा आगो लागेको धनुषा प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिएका छन् । 

    ट्रकको ट्याङ्कीमा ठोक्किएपछि तेल छताछुल्ल भएको र ट्रकमा आगो लागेको हो । आगोले ना ६ ख ३४६३ नम्बरको ट्रक पूरै जलेर नष्ट भएको धनुषा प्रहरीले जानकारी दिएका छन् ।  दुवै ट्रकका चालक घाइते भएको प्रहरीले बताएका छन् । प्रहरीको अनुसार ट्रकका चालकहरु सर्लाही लालबन्दी १५ निवासी रोशन कौशल कार्की र अर्का ट्रकका चालक सर्लाही मौलापुरका मुकेशकुमार झा रहेका छन् । 

    घाइते दुवै चालकको जनकपुरस्थित एपोलो अस्पतालमा उपचार भइरहेको धनुषा प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनघाइतेकपुर प्रहरी कार्यालयको भनाइ रहेको छ ।

    images
    प्रकाशित मिति :बैशाख १४ २०८२ आइतवार - १०:०१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij