Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज काठमाडौं उपत्यकाका यी स्थानमा ८ घण्टासम्म बिजुली जाने

आज काठमाडौं उपत्यकाका यी स्थानमा ८ घण्टासम्म बिजुली जाने


  • 1.4K
    Shares

    • images
    आज काठमाडौं उपत्यकाका यी स्थानमा ८ घण्टासम्म बिजुली जाने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने जानकारी गराएको छ। प्राधिकरणका अनुसार मर्मत सम्भार तथा अन्य प्राविधिक कार्यका कारण ती स्थानहरूमा आठ ‍घन्टासम्म विद्युत अवरूद्ध हुनेछ ।

    ललिपुरको पुल्चोक वितरण केन्द्रको खोकना फिडर अन्तर्गत पर्ने छम्पी, फर्सिडोल, जोर्खु, टोकलमाथ,खहरे,डुकुछाप,दनुवार बस्ती क्षेत्रमाशनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ।

    प्राधिकरणले एकान्तकुनास्थित रिङ रोडको पोल स्थानान्तरणका लागि उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती ठाउँहरूमा विद्युत अवरूद्ध हुने जनाएको छ।

    काठमाडौंमा रत्नपार्क वितरण केन्द्रको बबरमह फिडर, असन फिडर, महाबौद्ध फिडर, वीर हस्पिटल फिडर, नेपाल विद्युत प्राधिकरण फिडर, कमलादी फिडर, किंग्स वे फिडर, बागबजार फिडर, सिंहदरबार फिडर र नयाँ बजार फिडर अन्तर्गतका स्थानहरूमा पनि शनिबार विद्युत अवरूद्ध हुने छ।

    बबरमहल फिडर अन्तर्गत पर्ने खुल्ला मञ्चसँगै, सैनिक मञ्च हुँदै भद्रकाली, कृषि विकास बैंक, नेपाल आर्मी ब्यारेक, सुन्धारा टेलिकम अकासे पुलसँगै, महिलाजेल नजिकै टेलिकम अफिस हुँदै, भन्सार विभाग, रानीपोखरी प्रहरी कार्यालय सम्म बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

    असन फिडर अन्तर्गत पर्ने रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडी, मसला गल्लीको मोड सम्मका क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने छ।

    त्यस्तै, महाबौद्ध फिडर अन्तर्गत पर्ने महाबौध्द सव स्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सव स्टेशन भित्र, विशाल बजार अगाडी, गणेश स्थान ट्रमा हस्पिटल पछाडी केबुल हेड सम्मका क्षेत्रहरूका पनि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

    प्रकाशित मिति :बैशाख १३ २०८२ शनिवार - ०७:०३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij