Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

शिक्षकहरूलाई पालिकाले भन्यो, ‘१४ गतेदेखि पढाउन आउनु, नत्र राजीनामा दिएर जानु’

शिक्षकहरूलाई पालिकाले भन्यो, ‘१४ गतेदेखि पढाउन आउनु, नत्र राजीनामा दिएर जानु’


  • 6.7K
    Shares

    शिक्षकहरूलाई पालिकाले भन्यो, ‘१४ गतेदेखि पढाउन आउनु, नत्र राजीनामा दिएर जानु’

    गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाले शिक्षकहरूलाई १४ गतेदेखि अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुन निर्देशन जारी गरेको छ । पालिका अध्यक्ष वेद बहादुर थापाले शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई वैशाख १४ गतेदेखि अनिवार्य रूपमा विद्यालयमा हाजिर हुन निर्देशन दिएका हुन् ।

    पालिकाभित्रका सबै विद्यालयहरूलाई परिपत्र गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा भएको शिक्षक आन्दोलनले विद्यालयको पठनपाठनमा समस्या परेको जनाए ।  

    उक्त समयमा उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन वा सरुवा प्रकृया अगाडि बढाउन निर्देशन जारी गरेका हुन् । महासंघको आह्वानमा काठमाडौंमा चैत २० गतेदेखि सडक आन्दोलन हुदै आएको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक तथा विद्यालय कर्मचारीहरू आन्दोलन गर्दैै आएका हुन् ।

    शिक्षकहरूको आन्दोलनका कारण शैक्षिक गतिविधिहरू ठप्प भएका छन् ।

    491006561_1205162904382726_4720589444608046539_n_3PyCX0bF4o.jpg

     

    images
    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - २०:४९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij