Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा, गभर्नर नियुक्ति झन पेचिलो

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा, गभर्नर नियुक्ति झन पेचिलो


  • 6.0K
    Shares

    • images
    गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा, गभर्नर नियुक्ति झन पेचिलो

    संवैधानिक निकायका ५२ भाईको मुद्दामा सर्वाेच्च अदालतले डिल गरिराखेको आरोप लगाउने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विरुद्ध सर्वाेच्च अदालतको अवहेलनाको मुद्दा पेश भएको छ । 

    अधिवक्ताहरु अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले कांग्रेस महामन्त्री थापाको अभिव्यक्तिले सम्मानीत अदालतको सम्मानमा आंच आउने काम भएको र अदालतको मर्यादालाई होच्याउने कार्य भएको आरोप पनि लगाएका छन् । 

    अवहेलनाको निवेदनपत्र पेश भई दर्ताको छलफलको क्रममा रहेको सर्वाेच्च अदालत शुत्रले जानकारी दियो । ‘नेपाली पेन नामक अनलाईन विरुद्ध यस्तै प्रकृतिको अवहेलना दर्ता भई विपक्षीलाई झिकाउने कार्य समेत भइसकेको अवस्था भएकोले विषय गम्भीर छ, त्यसैले अध्ययनको क्रममा छ,’ एक अधिकारीले भने, ‘निवेदन दश बजे नै पेश भएको भएतापनि दिनभरी नै हामीहरु छलफलको क्रममा छौं, संवभताः आइतबार दर्ता हुनेनहुने निक्र्याैल हुनसक्छ ।’ 

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले ‘डिल’ गरिरहेको आरोपले विचाराधिन मुद्दामाथि हस्तक्षेप गरेको पनि अवहेलना मुद्दामा आरोप लगाइएको छ । 

    लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र : अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले संवैधानिक आयोगका पदाधिकारीहरूलाई अदालतले ‘तँलाई हान्दिऊँ’ भन्दै झुलाइरहेको आरोप लगाउनु भएको विषय विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको छ । 

    थापाले बोलेको भिडियो सहितको अखबारको प्रकाशित समाचारको प्रमाण समेत निवेदनपत्रमा पेश भएको छ ।

    “अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको विषयहरूलाई दुईरतीन वर्षदेखि तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याई नभ्याई भन्छ । कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ । एउटा संवैधानिक नियुक्ति भएको विषयमा आयोगका पदाधिकारीले गरेको काम र उनीहरूको कार्यावधि सकिन लागिसक्यो । अब त्यो ठीक थियो कि थिएन भन्ने कुरा नेपालको अदालतको लागि चाहिँ चार वर्ष समय लाग्छ ? त्यो पनि आइतबार हेरुम, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ ?” भन्ने अभिव्यक्ति थापाले कार्यक्रममा दिएका थिए । 

    लोकतन्त्रको कडीका रूपमा रहेका संस्था अदालत, अख्तियार र संसद्को प्रभावकारितामाथि निराशा पैदा भइरहेको बताउनु भएको थियो भने अख्तियार, अदालत, संसद् र पार्टीमाथि जनतामा संशय पैदा हुनु नै लोकतन्त्रको मुख्य चुनौती रहेको महामन्त्री थापाको भनाइ थियो ।

    अधिवक्ताहरुले मुलुककै सबैभन्दा ठूलो राजनीतिक पार्टीको महामन्त्रीजस्तो महत्वपूर्ण भूमिकामा रहेको, मन्त्रीको जिम्मेवारी बहन गरिसकेको र भविष्यमा देश नै हांक्ने जिम्मेवारीमा पुग्नसक्ने सुनिश्चित भएको राजनेताले अदालतमा विचाराधिन मुद्दामा सम्मानीत सर्वोच्च अदालत जस्तो पवित्र संस्था र माननीय न्यायाधीशज्यूहरुजस्तो पवित्र, इमान्दार र निष्पक्ष श्रीमानहरुबाट मुद्दामा डिल गरेको भन्ने सम्मको गम्भीर आरोप लगाई  सार्वजनिक रुपमै सम्मानीत सर्वोच्च अदालतको अवहेना गर्नुभएकोले सम्बन्धित मिडियाबाट उक्त प्रचार प्रशार भएको सामाग्री समेत झिकाई मगाई, अवश्यक परेमा संचार माध्यमलाई समेत विपक्षी समेत कामय गरी विपक्षी राजनेताले गर्नुभएको अवहेलना उपर  आवश्यक कारबाही गरीपाउ भन्ने दावी गरिएको छ ।

    यसअघि कानुन व्यवसायीहरु उनै उप्रेती र थापाले राष्ट्र बैंकमा गभर्नर नियुक्ति ऐन विपरित हुन लागेको उल्लेख गर्दै दायर गरेको रिट सर्वोच्चमा विचाराधीन छ । सरकारले ६५ वर्ष उमेरको सीमा हटाएको र कार्यकारी निर्देशक गुणाकरको योग्यता नपुगेको उनीहरुको जिकीर छ ।

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - १९:५१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij