Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भरतपुर दुर्घटनामा सडकमै पल्टियो जिप, किचिएर स्कुटर चालकको मृत्यु

भरतपुर दुर्घटनामा सडकमै पल्टियो जिप, किचिएर स्कुटर चालकको मृत्यु


  • 3.7K
    Shares

    • images
    भरतपुर दुर्घटनामा सडकमै पल्टियो जिप, किचिएर स्कुटर चालकको मृत्यु

    काठमाडौं । चितवनको भरतपुरको महानगरपालिका–७ स्थित प्रेमबस्ती चोकमा भएको दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ ।

    भरतपुरतर्फ आउँदै रहेको ना ५ च २६४४ नम्बरको जिपले सोही दिशाबाट आउँदै गरेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

    दुर्घटनामा परेर भरतपुर–६ इन्द्रपुरी बस्ने वर्ष ५२ की लक्ष्मी वाग्लेको घटनास्थलमै मृत्यु भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए । दुर्घटनापछि जिप सडकमै पल्टिएको थियो । पल्टिएको उक्त बोलेरोले स्कुटरमा सवार महिलालाई समेत किचेको थियो ।

    सो क्रममा महिलाको निधन भएको प्रहरीले जनाएको छ । जिप चालक भने प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - १५:३४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij